काठमाडौं, १४ मंसिर (ओएनएस) : लहानमा विद्युत् चोरी गर्ने २६ जनालार्इ नेपाल विद्युत् प्राधिकरणकाे वितरण केन्द्रद्धारा खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले पक्राउ गरेकाे छ। उनीहरुलार्इ टाेलीले शुक्रबार बिहान पक्राउ गरेको हाे। विशेष सूचनाकाे अाधारमा टोलीले जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो।
केन्द्रका प्रमुख विष्णुप्रसाद यादवले विद्युत् चोरी गरी चुहावट गरिरहेको अवस्थामा प्रकाउ परेकामाथि आवश्यक कारवाही भइरहेकाे बताए।
पक्राउ गरिएका सबैमाथि विद्युत् चुहाबट ऐनअन्तर्गत कारवाही गरी जरिवानाबापत २ लाख २६ हजार राजश्व सङ्कलन भएको प्रमुख यादवले बताए। उनका अनुसार सो क्रममा चार थान विद्युत् मिटर, दुई थान पङ्खा, एक थान टेलिभिजन र एक थान रन्दा मेसिन(काठको काम गर्ने) लगायतका समान समेत बरामद गरिएको छ।