‘प्रधानमन्त्रीले उद्घाटन गर्ने क्रिश्चियन कार्यक्रम बहिष्कार गर्छु’

335
  •  
  •  
  •  

काठमाडौं, १४ मंसिर (ओएनएस) : एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले एसिया प्यासिफिक सम्मेलन र सोही अवसरमा आयोजित ‘डीनर’ बहिस्कार गर्ने घोषणा गरेका छन् । उनले दक्षिण कोरियाको युनिफिकेसन चर्चको बजारीकरणका लागि काठमाडौंमा राखिएको कार्यक्रमप्रति अपत्तिसमेत जनाए।

नेपालको लागि यो भेलाको उद्देश्य युनिफिकेसन चर्चको अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने र उक्त चर्चका इसाइ पादरीवाट नेपालका ठूलावडाका दम्पति सहित आशीर्वाद लिने काममा सीमित रहेको डा.लोहनीले बताए।

डा. लोहनीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘दक्षिण कोरियाको युनिफिकेसन चर्चको बजारिकरणको लागि नेपालका प्रधानमन्त्रीसहित १५०० र दम्पतिलाइ चर्चका गुरुबाट आशिर्वाद दिने युनिफिकेसन चर्चको भेलामा नेपाल सरकार सङ्लग्न हुनु दुर्भाग्य हो ।’

युनिफिकेसन चर्चको वजारीकरणमा नेपाल सरकारले दुई करोड़ खर्च गरी हिस्सेदार बनेर हिन्दु र बुद्ध भूमि नेपालको सांस्कृतिक जग वलियो हुन्छ भन्नु अर्थहीन भएको उनले बताए ।

‘एकीकृत राप्रपा राष्ट्रवादी पार्टी यो अर्थहीन अभियानमा सहभागी हुन चाँहदैन’, उनले भनेका छन्, ‘यसै सन्दर्भमा यसकार्यक्रमको लागि बोलाइयको डिनर निम्ता वहिस्कार गर्दछु ।’

युनिभर्सल पिस फेडरेशनका नाममा शुक्रबारदेखि एउटा पाँच तारे होटेलमा क्रिश्यिनसम्बन्धी कार्यक्रम हुँदैछ । कार्यक्रमलाई नेपाली कांग्रेसले पनि विरोध गरेको छ ।


  •  
  •  
  •