काठमाडौं, १३ मंसिर(ओएनएस) : राजधानीको न्यूरोडमा भयानक दुर्घटना भएकाे छ। एक निजी नम्बर प्लेटको कारले १२ पैदल यात्रुलाई ठक्कर दिँदा उनीहरु घाइते भएका छन् ।
नेपाल बायु सेवा निगमको कार्यालय परिसरबाट बाहिर निस्कदै गरेकाे कारले ती पैदल यात्रुलाई ठक्कर दिएकाे हाे। घटनालगत्तै कार चालक भेषराज पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बा १८ प ४७७३ नम्बरको कारले ठक्कर दिएर घाइते भएका सबैको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी बृत्त जनसेवाका डीएसपी टेकनन्दाइवा लिम्बुले जानकारी दिए । यता चालक पौडेलले भने कारमा ब्रेक नलाग्दा दुर्घटना भएको बयान दिएका छन् ।