नेकपाले प्रदेश कमिटी सदस्यकाे टुंगाे लगायाे

458
  •  
  •  
  •  

काठमाडौं, १३ मंसिर (अाेएनएस) :  तत्कालीन  नेकपा एमाले र माअाेवादी केन्द्रबीचकाे एकीकरण पश्चात गठन भएकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सात वटै प्रदेश कमिटीका सदस्यको नाम टुंगाे लगाएकाे छ।

प्रधानमन्त्री निवास बालुवाटारमा   बसेको नेकपा सचिवालय बैठकले प्रदेश कमिटी एकीकरणको टुंगाे लगाएपनि  नामावली भने बिहीबार सार्वजनिक हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

नेकपाले यसअघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज तोकिसकेको छ।

आगामी अर्काे बैठकमा केन्द्रीय समितिका सदस्यको कार्यविभाजन, जनवर्गीय संगठनको एकीकरण र जिल्ला समितिका मुख्य नेतृत्वको चयनको प्रक्रिया अगाडि बढाइने उनले जनाए। अर्काे बैठकको मिति भने तय भएको छैन ।

यसअघि मङ्गलबार बोलाइएको बैठक योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमका कारण स्थगित भएको थियो । पार्टी एकता भएको लामो समय भए पनि अझै तल्लो तहसम्म एकता हुन सकेको छैन । पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा सरकार र दलबीच समन्वय नभएको विषयमा आवाज उठ्दै आएको छ ।


  •  
  •  
  •