प्रधानमन्त्रीकाे भारत भ्रमणकाे जम्बाेटाेलीमा फिल्म क्षेत्रका यी दुर्इ कलाकार

408
  •  
  •  
  •  

काठमाडौं, १९ चैत (ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणकाे जम्बाे टाेलीमा नेपाली फिल्म क्षेत्रका यी दुर्इ कलाकार पनि समावेश हुने भएकाछन्।

प्रधानमन्त्रीकाे भारत भ्रमणका क्रममा कलाक्षेत्रका तर्फबाट अभिनेता राजेश हमाल र दिनेश डिसी जाने निश्चित भएकाे प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए।

चैत २३ गतेका लागि तय भएको भ्रमणका क्रममा नेपाली कला क्षेत्रको प्रतिनिधित्व गर्दै हमाल र डिसी जाने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयले जनाएकाे छ।

नेपाली चलचित्र क्षेत्रको विकासमा आफू सकारात्मक रहेको बताउँदै आएका प्रधानमन्त्री ओलीले यसअघि आफ्नो भारत भ्रमणमा कलाकार पनि समेट्ने घोषणा गरेका थिए। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले बलिउडका कलाकार र अन्य व्यक्तिहरुसँग पनि भेट्ने कार्यक्रम छ।


  •  
  •  
  •