ठमेलमा युवती बलात्कृत, ५ पक्राउ

523
  •  
  •  
  •  

काठमाडौं,१२ मंसिर (अाेएनएस) : ठमेलमा एक २२ वर्षीया युवती बलात्कृत भएकी छन् । ठमेल स्थित चाइनिज रेस्टुरेन्टमा ती युवती बलात्कृत भएकी हुन्। बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ समेत गरेको छ ।

काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार पक्राउ पर्नेमा गोरखाका १८ वर्षीय विराज गुरुङ, काभ्रेका १७ वर्षीय सोम तामाङ लगायत छन् । घटनास्थल नजिक रहेका तथा जबरजस्तीकरणीको प्रयास गर्ने थप तीन जनालाई पनि पक्राउ गरिएको छ ।

क्वासी चाइनिज होटल एण्ड रेष्टुरेन्टको स्टाफ रुममा कोठा खोज्दै पीडित युवती पुगेकी थिइन् । त्यही क्रममा उनी बलात्कृत भएको भन्दै महागनरीय प्रहरी वृत्त, लैनचौरमा जाहेरी परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । थप पक्राउ पर्नेको भने नाम खुलाइएको छैन ।


  •  
  •  
  •