वाइडबडी खरिदबारे राय पेश गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन

339
  •  
  •  
  •  

काठमाडौं,१२ मंसिर (अाेएनएस) : संघीय संसदको सार्वजनिक लेखा समितिले वाइडबडी खरिद प्रकरणबारे आफ्नो राय पेश गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएको छ। लेखा समितिले नेपाल एयरलाइन्सले खरिद गरेको वाइडबडी विमान सार्वजनिक खरिद ऐन अनुसार भएनभएको रायसहित ठोस प्रतिवेदन बुझाउन उक्त कार्यालयलार्इ निर्देशन दिएको हाे ।

आज सिंहदरबारमा खरिद अनुगमन कार्यालयका निर्देशक रामचन्द्र शर्मा, सचिव मधुप्रसाद रेग्मीलगायतसँग छलफल गरी समितिका सभापति भरत शाहले उक्त निर्देशन दिएका हुन्।

छलफलकाे क्रममा सचिव रेग्मीले वाइडबडी खरिदबारे मिडियामा आएको बाहेक कार्यलयलाई केही जानकारी नभएको बताए । उनले भने,’ छानविनपछि मात्रै विमान खरिद प्रकरणबारे भन्न सकिन्छ।’ खरिद अनुगमन कार्यालयले समय माग गरेपछि समितिले सात दिनको म्याद दिएको छ।


  •  
  •  
  •