झन्डै २५ सय लिटर तेल चोर्ने चालक कारवाहीमा

688
  •  
  •  
  •  

काठमाडौं,१२ मंसिर (अाेएनएस) : झन्डै २५ सय लिटर तेल चोर्ने एक ट्याङकर चालक कारवाहीमा परेका छन्। भारतबाट ल्याइने डिजेल चोरी गर्ने ट्याङकर चालकलाई नेपाल आयल निगम विराटनगरले कारवाही गरेको हाे ।

भारतको ब्रोनीबाट सुखदेव सिंहको ५९६५ नं को ट्याङकर चलाउने चालक धमेन्द्र स्वर्णकारले बाटोमै दुई हजार ४८४ लिटर डिजल चोरी गरी बिक्री गरेको विराटनगर निगमका प्रमुख दिनेशकुकार यादवले बताए ।

ट्याङकरमा तेल जाँच गर्ने क्रममा परिमाण कम देखिएपछि छानबिन गर्दा चालकले तेल चोरेर बिक्री गरेको देखिएको थियो । निगमको केन्द्रीय कार्यालयबाट आएको टोलीले ट्याङ्करका चालकले ट्याङ्करमा लगाइएको ताला बिगारेर तेल चोरी गरेको देखिएको बताएको छ ।


  •  
  •  
  •