‘प्रदेश सरकारलाई प्रहरी र कर्मचारी भर्ना गर्न दिनुपर्छ’

461
  •  
  •  
  •  

काठमाडौं,१२ मंसिर (अाेएनएस) : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेशलाई अधिकार सम्पन्न बनाउनका लागि संघीय सरकाले प्रहरी र कर्मचारी भर्ना गर्नमा कुनै अवराेध गर्न नहुने बताएका छन् ।

राष्ट्रियसभा विधायन व्यवस्थापन समितिले मंगलबार सिंहदरबारभित्र गरेको ‘ऐन कार्यान्वयन मापन र अध्ययन अनुसन्धान सम्बन्धी कार्यशाला गोष्ठी’मा उपसभापति निधिले भने,‘प्रदेशले आफ्नो संगठन संरचना आफैं बनाउन सक्छ र आवश्यक कानून बनाउन बाधा गर्नु हुँदैन।’ उनले थप्दै भने, ‘संघीय संरचनाबाटै दिनुपर्ने संगठन र कानूनहरु पनि तत्काल उपलब्ध गराउनुपर्छ ।’

सात वटै प्रदेशलाई अधिकार सम्पन्न बनाउनु सरकारको पहिलो प्राथमिकतामा पर्नुपर्ने पनि उनले बताए । त्यसका लागि प्रदेश प्रहरी संगठन, प्रदेशका निजामती कर्मचारी प्रदेश सरकारकै मातहत रहनुपर्ने उल्लेख गर्दै निधिले प्रदेशलाई अधिकार सम्पन्न गराउन नसकिए संघीयता नै धरापमा पर्ने चेतावनी दिए ।


  •  
  •  
  •