जाजरकाेटमा नगरपालिकाले लगायाे फेसबुकमा प्रतिबन्ध

369
  •  
  •  
  •  

काठमाडौं, १० चैत (अाेएनएस): नगरपालिकाले सेवा प्रवाहलार्इ प्रभावकारी बनाउन फेसबुकमा प्रतिबन्ध लगाएकाे छ। जाजरकोटको भेरी नगरपालिकाले कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाएको हाे ।

शुक्रबार बसेको बैठकले कार्यालय समयमा फेसबुक चलाउँदा काममा बाधा पुग्ने भएकाेले प्रतिबन्ध लगाइएको सूचना शाखा उपप्रमुख भावना भण्डारीले जानकारी दिर्इन।

कार्यालय समय कुनै कर्मचारी फेसबुक चलाएको पाइएमा कारवाही हुने नगरपालिकाले जनाएको छ ।

नगरपालिकामा सेवाग्राहीहरुले काम समयमा नभएकाे गुनासाे गरेपछि नगरपालिकाले यस्ताे निर्णय गरेकाे हाे।


  •  
  •  
  •