प्रियंकाले दिइन् बिहेमा मोदीलाई निम्तो!

860
  •  
  •  
  •  

काठमाडौं,१२ मंसिर (अाेएनएस) : पछिल्लाे समयमा बलिउडमा अधिकांस अभिनेत्रीहरु विवाह बन्धान बाँधिदैछन्। साेही क्रममा  अभिनेत्री प्रियंका चोपडा पनि विवाह बन्धान बाँधिन लागेका छन्। उनले जसरी पनि आफ्नो बिहेलाई चर्चित बनाउन हर काेशिस गरिरहेकी छन्।

हालै मात्रै आफ्नी प्रतिस्पर्धी दीपिका पादूकोणको बिहेको जति चर्चा भयो, त्यसलाई उछिन्ने उनको एक मात्र ध्येय रहेकाे भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। दीपिकाले इटली पुगेर लगनगाँठो कसेकी थिइन् भने प्रियंका भारतकै जोधपुरमा बिहे गर्दैछिन् । दीपिकाका दुलाहा बलिउडकै हिरो थिए भने प्रियंकाले अमेरिकी दुलाहा रोजेकी छिन् ।

आफ्नो बिहेलाई अन्तर्राष्ट्रिय चर्चा दिलाउनका लागि प्रियंकाले नयाँ उपाय निकालेकी छन् । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बिहेको निम्तो गरेकी छन् । मोदीलाई निम्तो कार्ड दिन प्रियंका हुनेवाला दुलाहा निकलाई लिएर प्रधानमन्त्री निवास पुगेकी थिइन् । उनीहरुले मोदीलाई भेट्न पाए कि पाएनन् भन्ने खुलेको छैन । तर, निम्तो कार्ड चाहिँ मोदीकोे हातमा पुगिसकेको छ ।

यसअघि एकाध पटक प्रियंकाले मोदीलाई भेट्ने अवसर पाएकी थिइन् । त्यही आधारमा उनले मोदीलाई आफ्नो बिहेमा डाकेकी हुन् । मोदीले बिहेमा जाने वा नजाने निर्णय लिइनसकेको बताइएको छ । प्रियंकाको बिहेको मिति औपचारिक घोषणा भएको छैन । तर, मिडियाहरुले १ र २ डिसेम्बरमा बिहे हुने दावी गरिरहेका छन् । पहिलो दिन हिन्दू परम्पराअनुसार र दोस्रो दिन क्रिस्चियन परम्पराअनुसार बिहे हुनेछ । बिहेको लागि निक जोनसको परिवार भारत आइसकेको छ ।


  •  
  •  
  •