श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारमाध्यमलाई दबाब दिइन आन्दोलन

396
  •  
  •  
  •  

काठमाडौं,११ मंसिर (अाेएनएस) : श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारमाध्यमलाई दबाब दिइन आन्दोलन गर्ने निर्णय गरिएकाे छ। नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारमाध्यममाि दबाब दिन आन्दोलन गर्ने निर्णय गरेको हाे।

मंगलबार केन्द्रीय समिति बैठकले सरकारले पछिल्लो पटक वृद्धि गरेको २५ प्रतिशत न्यूनतम पारिश्रमिकसहित श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनका लागि महासङ्घले आन्दोलन गर्ने निर्णय गरेको महासचिव रमेश विष्टले जानकारी दिए।

उनका अनुसार महासङ्घले सबै सञ्चारमाध्यमलाई श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न र गराउन नेपाल सरकारलाई आहृवानसमेत गरेको छ । बैठकले साना लगानीका र स्थानीय पत्रपत्रिकालाई स्थायित्व दिन लोककल्याणकारी विज्ञापनमा वृद्धि र समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।


  •  
  •  
  •