वाइडवडी विमान खरिदका विषयमा मन्त्री अधिकारीले गरे यस्ताे खुलासा!

457
  •  
  •  
  •  

काठमाडौं, १० मंसिर(ओएनएस) : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पछिल्लाे समय वाइडवडी विमान खरिदका विषयलार्इ लिएर भइरहेकाे विभिन्न टिकाटिप्पणीमाथि प्रकाश पारेका छन्। पोखरामा सोमबार आयोजित कार्यक्रममा मन्त्री अधिकारीले वाइड वडी विमान सिधै कम्पनीबाट नभई एजेन्टमार्फत खरिद भएकाे खुलासा गरेका हुन्।

साेही क्रममा उनले वाइडवडी विमान खरिद प्रक्रियाका दोषी उम्कन नपाउने दाबी समेत गरेका छन् । उनले भने,’ वाइडवडी विमान खरिद प्रक्रियामा दोषी पाइएमा जोकोही पनि कारवाहीको दायरामा अाउनेछ।’ उनले दोषीलाई कारबाही मात्र नभएर विमान खरिदमा भएको क्षतिको क्षतिपूर्तिसमेत तिर्न लगाइने बताए।

उनले भने, ‘म अहिले नै यो वा उ दोषी भनेर भन्न सक्दिन, यसको मन्त्रालय, लेखा समितिलगायत विभिन्न समितिले छानबिन गरिरहेको छ, छानबिनका क्रममा दोषी देखिए जोकोहि पनि उम्कन पाउँदैनन्, ती सबै कारबाहीको दायरामा आउँछन् ।’

उनले विमान भाडाको मात्रै हो कि भन्ने आशंका नगर्न आग्रह गर्दै भने, ‘खरिद गरिएको बिल पेश भएको छ, विमान नेपाल भित्र्याउँदा कर तिरिएको छ, अनि त्यही बिलको आधारमा सरकार नेपाल एयरलाइन्सका लागि जमानी बसिदिएको छ र सञ्चयकोषले रकम दिनुका साथै सो रकम नेपाल एयरलाइन्सले एजेन्टलाई भुक्तानी गरेको देखिन्छ, त्यसैले विमान भाडाको नभई खरिद नै भएको प्रष्ट देखिएकाले म विमानको स्वामित्व छैन कि भनेर शंका नगर्न आग्रह गर्दछु ।’


  •  
  •  
  •