फेरि अनसन बस्ने डा. केसीकाे घोषणा

1034
  •  
  •  
  •  

काठमाडौं, १० मंसिर(ओएनएस) : प्राध्यापक डाक्टर गोविन्द केसीले सरकारलार्इ तीन साताकाे अल्टिमेटम दिँदै फेरि आमरण अनसन बस्ने घोषणा गरेका छन् । त्रिवि शिक्षण अस्पतालमा सोमबार पत्रकार सम्मेलन गर्दै डा केसीले यस्ताे घोषणा गरेका हुन्। आफ्ना तीन बुँदे माग अघि सार्दै उनले ती माग आगामी पुस २ गतेभित्र पूरा नभए १६ अाैँ पटक अनसनमा बस्ने बताए।

त्यस्तै पत्रकार सम्मेलन गर्दै डा केसीले गत साउन १० गते सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गरिनुपर्ने, निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न तत्काल पक्राउ गरि मुद्दा चलाइनुपर्ने र सरकारको निर्णय उलंघन गरी काठमाडौं विश्व विद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गरिनुपर्ने माग गरेका छन् ।

केसीले शिक्षामन्त्री गिरीराज मन्त्रीसमेत माफियाको प्रभावमा परेर चिकित्सा शिक्षा आयोगको मातहतबाट मेडिकल शिक्षाको स्नातक तह मुनीको महत्वपूर्ण हिस्सा निकाल्नुपर्ने भनेर नाजायज लबिङमा लागिरहेको आरोप समेत लगाए ।

‘मन्त्रीसमेत माफिया र पार्टीको गुटको स्वार्थमका लागि नाजायज काममा संलग्न हुने हो भने पदमा रहिरहन उनी नैतिक रुपले अयोग्य छन्’, पत्रकार सम्मेलनमा केसीले भने ।

 


  •  
  •  
  •