पर्यटनमन्त्री अधिकारीलाई कालोझण्डा देखाउने ६ जना पक्राउ

684
  •  
  •  
  •  

काठमाडौं, १० मंसिर(ओएनएस) : गृहजिल्ला कास्कीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीलाई कालोझण्डा देखाइएकाे छ। गृहजिल्लाकाे पोखरामा उनलाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले ६ जना विद्यार्थी नेतालार्इ पक्राउ समेत गरेकाे छ।

पक्राउ पर्नेमा नयाँ शक्ति, नेपालको विद्यार्थी संगठनका नेताहरु रहेका छन्। जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी ओम रानाका अनुसार मन्त्री अधिकारीलाई कालोझण्डा देखाएकाे अाराेपमा नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिम्सिना, नरेन्द्र बस्याल, कृष्ण अधिकारी र तेजेन्द्रकुमार भट्ट पक्राउ परेका हुन्।

नयाँ शक्तिका एक नेताले वाइडबडी जहाज खरिद सम्बन्धी विवादको सत्य, तथ्य छानबिनको माग गर्दै सृजना चोकमा कालो झण्डा देखाउने क्रममा प्रहरीले अन्य नेताहरुलार्इ पक्राउ गरेको बताए।


  •  
  •  
  •