वाइडबडी जहाज खरीदमा लेखा समितिले देखायाे यस्ताे त्रुटि!

317
  •  
  •  
  •  

काठमाडौं, १० मंसिर(ओएनएस) : प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको नयाँ वाइड बडी जहाज खरीद प्रक्रियामा त्रुटि औंल्याएको छ। निगमको जहाज खरीद सन्दर्भमा सर्वत्र विरोध र प्रचारबाजी भए पनि समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगमका पदाधिकारीलाई बोलाएर स्पष्टीकरण लिएको छ।

लेखा समितिले करिब २४ अर्बको वाइडबडी विमान खरिद प्रक्रियामा ६ अर्ब ५९ करोड घोटाला भएकाे निष्कर्ष निकाल्दै नेपाल वायुसेवा निगमसँग लिखित जवाफ समेत माग गरेको हाे। निगमले केही महीनाअघि भित्र्याएको एयरबस ए ३३०–२०० जहाज खरीद प्रक्रियामा सार्वजनिक खरीद ऐन र संस्थाको खरीदविनियमावली विपरीत काम भएको लेखा समितिले जनाएको छ।

समितिका सभापति भरत शाहले निगमको जहाज खरीदप्रक्रियामा महालेखापरीक्षकको प्रतिवेदनले त्रुटि औंल्याएको र पछिल्लो समय सार्वजनिक रुपमा अनियमितताको कुरा उठेपछि यस विषय प्रवेश खाेजी गरिएकाे बताए।

पुरानो जहाज किन्न टेन्डर निकालेर नयाँ किन्नु कानूनविपरित रहेको भन्दै उनले भार क्षमता कमजोर हुनु र एयरबससँग नकिनी अर्कै पाटीसँग खरीद गरिनुले अनियमितताको प्रशस्त आशङ्का जन्माएकाले यो विषयको गहन अध्ययन र छलफल गरी टुङ्गोमा पुगिने बताए।


  •  
  •  
  •