राष्ट्रपतिलार्इ सुरक्षाको हिसाबले ‘बुलेट–प्रुफ’ गाडी चाहिन्छ : नेकपा नेता पाैडेल

487
  •  
  •  
  •  

काठमाडौं,१० मंसिर (अाेएनएस) : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले राष्ट्रपतिलार्इ सुरक्षाको हिसाबले ‘बुलेट–प्रुफ’ गाडी चाहिने बताएका छन्।

अाइतबार काठमाडाैँमा अयाेजित एक कार्यक्रममा उनले भने,’राष्ट्रपति तथा प्रधानमन्त्रीको जीवनस्तर सामान्य होस भन्ने जनताको चाहना हुनु स्वभाविक छ। तर, सुरक्षाको हिसाबले ‘बुलेट–प्रुफ’ गाडी चाहिनु पनि अस्वभाविक हाेइन्।’

सांसद पौडेलले सरकारका विषयमा उठेका आलोचना र खबरदारीलाई गम्भीर रुपमा समीक्षा गर्नुपर्ने बताउँदै राष्ट्रपति विद्यादेवी भण्डारीको लागि गाडी खरिद गर्ने विषयमा सामाजिक सञ्जालमा उठेका विषयप्रति पनि सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्नेमा जोड दिए।

उनले भने, ‘जनताको खबरदारीलाई सहजताका साथ लिनुपर्छ । तर, अहिले १८ करोडमा एउटामात्रै गाडी किन्ने कुरा भएको होइन, ग्रुपमा गाडी किन्न लागिएको हो।’


  •  
  •  
  •