लागुऔषध गाँजासहित वृद्ध पक्राउ

349
  •  
  •  
  •  

काठमाडौं, ९ मंसिर(ओएनएस) : सिरहामा लागुऔषध गाँजासहित एक वृद्धलाई पक्राउ परेका छन्। लागुऔषध दुई किलो गाँजासहित नरहा गाउँपालिका–५ नरहा निवासी ७० वर्षीय सिताई यादव भन्ने सीताराम यादवलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले यादवको घरमा तलासी गर्दा प्लास्टिकको झोलामा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारेकाे थियाे। प्रहरीले यसविषयमा अावश्यक अनुसन्धान गरिरहेकाे छ।


  •  
  •  
  •