रुपन्देही २२औँ पूर्णखोपयुक्त जिल्ला घोषणा हुने

160
  •  
  •  
  •  

16443658_1313793355326382_1623585918_nरुपन्देही, , १९ माघ (ओएनएस) :  रुपन्देहीलाई माघ २१ गते पूर्णखोपयुक्त जिल्ला घोषणा गरिने भएको छ ।

जिल्ला जनस्वस्थ्य कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरी रुपन्देहीलाई नेपालको २२औँ पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिने बताएको हो ।

जिल्ला जनस्वास्थ्य प्रमुख जनस्वास्थ्य प्रशासक चुडामणी भण्डारीले माघ २१ गते स्वास्थ्यमन्त्री गगन थापाको प्रमुख आतिथ्यमा घोषणा गरिने बताए । जिल्लामा सबै बालवबलिकामा खोप लगाएकाले खोपयुक्त घोषणा गरिन लागिएको उनले बताए ।

२०७० सालमा पूर्णखोपयुक्त जिल्ला बनाउने उदेश्यका साथ सुरु भएको यो अभियानमा १२ देखि २३ महिना सम्मका १७ हजारसम्म जिल्लाका बालबालिकाले खोप लगाएको तथ्याक रहेको भण्डारीले बताए ।


  •  
  •  
  •