नेपाल राष्ट्र बैंकले खाेल्याे ११४ जनाका लागि यस्ता पदमा विज्ञापन

515
  •  
  •  
  •  

काठमाडौं, २९ कात्तिक (अाेएनएस) : नेपाल राष्ट्र बैंकले ११४ जनाका लागि विभिन्न पदमा विज्ञापन खुलाएकाे छ। इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजदेखि मंसिर २८ गतेसम्म दरखास्त दिन सक्ने बैंकले जनाएको छ। बैंकले अनलाइन माध्यमबाट समेत दरखास्त दिन सक्नेजनाएको छ।

विज्ञापनअनुसार बैंकले सहायक निर्देशक (अधिकृत तृतीय) प्रशासनमा २१ जना, अधिकृत तृतिय चाटर्ड एकाउन्टेन्टमा १० जना, सहायक निर्देशक वाणिज्य कानुनमा २ जना, सहायक द्वितियमा ६८ जना सहायक द्वितिय सूचना प्रविधीमा १३ जनाको माग गरेको छ ।

 


  •  
  •  
  •