भट्टराईले दिए सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी

789
  •  
  •  
  •  

काठमाडाैं, १४ कात्तिक (अाेएनएस) : नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारकाे रवैया जनताकाे हिततर्फ उन्मुख नभएकाेले सरकार विरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएका छन् ।

बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टीको १५ औं संघीय बैठकलाई उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका संयोजक भट्टराईले भ्रष्टाचार एवम् महिला हत्या, हिंसा, बलात्कार लगायतका घटना नियन्त्रण गर्न नसकेको भन्दै सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएका हुन् ।

बैठकमा संयोजक भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदनमा सरकार जनताको अपेक्षा अनुसार काम गर्न असफल भएको उल्लेख गरिएको छ ।


  •  
  •  
  •