काठमाडाैं, १४ कात्तिक (अाेएनएस) : स्वास्थ्य सचिव डा. पुष्पा चौधरी प्रधानमन्त्री कार्यालय तानिएकाे केही दिनमै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. विकास लामिछानेले सरकारी सेवाबाट राजीनामा दिएका छन् ।
झण्डै ३ महिना पहिला मन्त्रालयमा आएका सहसचिव लामिछानेले अहिलेसम्म कुनै पनि जिम्मेवारी नदिएको कारण राजीनामा दिएको बुझिएको छ ।यता स्वास्थ्य सचिव चौधरीकाे प्रधानमन्त्री कार्यालय सरुवापछि डाक्टर सुशीलनाथ प्याकुरेले स्वास्थ्य मन्त्रालयमा निमित्त सचिवको जिम्मेवारी पाएका छन्।
मन्त्रालयको कामप्रति रुष्ट हुँदै आएका डा. लामिछानेले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा दिएको बुझिएको छ ।
विस २०४६ सालबाट सरकारी सेवामा प्रवेश गरेका उनले ९ महिना पछि अवकास पाउँदै थिए । उनलाई पूर्व स्वास्थ्य सचिव चौधरीले तीन महिना अगाडि मन्त्रालयमा तानेकी थिइन्।