काठमाडाैं, ११ कात्तिक (अाेएनएस) : सप्तरीमा गाँजाको बोट नष्ट गरिएकाे छ। गाँजाखेतीको सङ्ख्यामा वृद्धि भएपछि प्रहरीले गाँजा फडानी गर्ने अभियानलाई निरन्तरता दिएको छ ।
पछिलो पटक जिल्ला प्रहरी कार्यालय सप्तरी र वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरीको गस्ती टोलीले गाँजा फडानी गरेका हुन् ।प्रहरीले गाँजा फडानी गर्ने कार्य तिव्र रुपमा अघि बढाएको छ ।
राजविराज नगरपालिका–१२ मा लगाइएको एक हजार गाँजाको बोट नष्ट गरिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।