प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा थप सुधार

429
  •  
  •  
  •  

काठमाडाैं, १४ कात्तिक (अाेएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा थप सुधार अाएको अस्पतालले जनाएको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुधबार बिहान जानकारी दिँदै स्वास्थ्य अवस्थामा थप सुधार भएको जनाएको हो।

प्रधानमन्त्री ओलीको उपचारमा अहिले मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. विद्या सिंह र छाती रोग विशेषज्ञ सन्त दासलगायतको टोली खटिएको छ ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार बुधबार बिहान प्रधानमन्त्रीले दुई मन्त्रीसँग अस्पतालमा नै छलफल समेत गरेका छन्। बुधबार बिहानका परीक्षण रिपोर्टहरु पनि सकारात्मक छन्।

स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै उपचार टोलीका संयोजक प्रा.डा. सायमिले अवस्था थप सुधारोन्मुख रहेको बताए। प्रधानमन्त्रीले आफूलाई डिस्चार्ज गर्न आग्रह गरिरहे पनि एन्टिवायोटिक चलाइरहेका कारण डिस्चार्ज भने यकिन नभएको पनि डा. सायमिले बताए। स्वास्थ्य अवस्था बिग्रिएपछि प्रधानमन्त्री ओलीलाई सोमबार बिहान अस्पताल भर्ना गरिएको थियो।


  •  
  •  
  •