हिमा गाउँपालिका वडा नं ६ छाउगोठ मुक्त घाेषणा

478
  •  
  •  
  •  

काठमाडाैं, १५ कात्तिक (अाेएनएस) : जुम्लाकाे हिमा गाउँपालिका वडा नं ६ छाउगोठ मुक्त घाेषणा भएकाे छ। बुधबार एक अाैपचारिक समाराेहकाबीच उक्त वडा छाउगोठ मुक्त घाेषणा भएकाे हाे।

उक्त समाराेहमा ने क पाका प्रतिनिधि भीम बहादुर अधिकारीले १०० औँ वर्ष देखी हेपिएर बसेका महिला दिदि बहिनीहरु आज देखी पराम्परागत रुढीवादी चाल चालनबाट मुक्त भएकाे बताए। उनले भने,’ यसको लागि गाउँपालिका , एक्सन वर्कस नेपाल तथा अन्य संघ सस्थाहरुलाई धन्यवादका पात्र हुन्।’

उनले छाउगोठमा बस्दा बिषालु सर्प लगायत किराहरुको टोकाई बाट अकालमा ज्यान गुमाउनु परेको थियाे तर अब कुनै पनि महिला दिदि बहिनीहरुकाे अकालमा ज्यान नजाने बताए।


  •  
  •  
  •