‘अब मन्त्रिपरिषद्का निर्णय तत्काल सार्वजनिक गरिन्न’

426
  •  
  •  
  •  

काठमाडौं, २६ कात्तिक (अाेएनएस) : सरकारले मन्त्रिपरिषद्को निर्णयहरु अब तत्काल जानकारी नगराउने नीति लिएर अगाडी बढेकाे छ। आइतबार साँझ बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रिपरिषद् बैठकले अब देखि मन्त्रिपरिषद्को निर्णय तत्काल सार्वजनिक नगर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद बैठकलगत्तै निर्णयहरुको लिखत तयार नहुँदै र कानुनी प्रक्रिया पूरा नगरी सार्वजनिक गर्दा कतिपय निर्णय विवादमा पर्ने र अदालतबाट समेत प्रश्न उठ्ने गरेकाले परिपक्व भएपछि मात्र सार्वजनिक गर्ने सरकारका प्रवक्ता सूचना प्रविधि एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए ।

बास्कोटाले अन्तर्राष्ट्रिय प्रचलन पनि अध्ययन गरेर पत्रकार सम्मेलनबाटै निर्णय सार्वजनिक गर्न उपयुक्त हुने सुझाव आएको बताए । उनले भने –सरकारका सबै निर्णयहरु पारदर्शी हुन्छन् र वेभसाइटमा पनि राखिन्छ । पत्रकार सम्मेलन गरेरै निर्णयहरु जनताबीच सार्वजनिक गर्नुपर्छ । तर, निर्णय परिपक्व नहुँदै बाहिर ल्याउँदा धेरै जटिता आए ।

उनका अनुसार अब देखि मन्त्रिपरिषद्को निर्णयहरु समय क्रमसँगै थाहा दिइने छ। यसअघि विशेष अवस्था बाहेक महत्वपुर्ण निर्णयहरु मन्त्रिपरिषद् बैठक लगत्तै प्रवक्ताबाट जानकारी गराईन्थ्यो।


  •  
  •  
  •