माघ ८ भित्र संविधान जारी हुनेमा सरकारका मन्त्रीहरुकै आशंका

181
  •  
  •  
  •  

काठमाडौ, ७ कातिक (ओएनएस) माघ ८ गते संविधान जारी गरेर विदा लिने सहमतिसहित गठन भएको सरकारका मन्त्रीहरुले नै माघ ८ गतेभित्र संविधान आउनेमा आशंका ब्यक्त गरेका छन ।  रिपोर्टर्स क्लबको देउसी भैलो टोलीसँगको कुराकानीमा भौतिक योजना मन्त्री विमलेन्द्र नीधिले माघ ८ गतेभित्रै संविधान आउनेमा आशंका ब्यक्त गर्दै भने–माघ ८ गते नै संविधान आउँछ भनेर नभनौ । यहि संविधानसभाले चाँही संविधान दिन्छ ।

उनले दलहरुवीच विवादित विषयमा सहमतिको सम्भावनाको अन्त्य भईसकेकोले अहिले दलहरु सम्झौताको लागि छलफलमा रहेको स्पष्ट पार्दै सम्झौतापनि हुन नसके प्रक्रियाबाट संविधान जारी गर्नुपर्नेमा जोड दिए ।

मन्त्री नीधिले दलहरुले दलगत अडान छाडेर लचकता प्रस्तुत गरे सहमति हुन सक्ने भन्दै आगामि संविधान संघीयता, धर्मनिरपेक्षता र समावेशी रुपमा जारी हुनु पर्ने बताए । उनले निर्वाचन क्षेत्र तय गरेर प्रदेश सभालाई नै सीमाङकनको अधिकार दिएर प्रदेशमा रहेको विवाद मिलाउन सकिने तर्क गरे ।

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डीतले दलहरुवीच सहमतिको कुनै छाटकाट नदेखिएको भन्दै माघ ८ मा कुनै प्रकारको भए पनि संविधानको मस्यौदा भने ल्याउनै पर्ने बताए । उनले माघ ८ मा केही पनि दिन नसके मुलुक दुर्घटनामा फस्ने सम्भावना ब्यक्त गरे ।
स्वास्थ्य मन्त्री खगराज अधिकारीले माघ ८ गतेभित्र निर्विकल्प रुपमा संविधान जारी हुनु पर्ने भन्दै सात प्रदेश बनाउनु सबै भन्दा उपयूक्त हुने बताए ।  उनले प्रदेशको विवादलाई प्रदेशसभाबाट टुङग्याउन सकिने तर्क गरे ।


  •  
  •  
  •