‘पत्रकार श्रीलाल साह बचाउ अभियान’ सुरु

103
  •  
  •  
  •  

काठमाडौं, ३० असोज (ओएनएस) नेपाल पत्रकार महासंघले पत्रकार श्रीलाल साहको उपचारमा आर्थिक सहयोग गर्न अपिल गरेको छ । बिहीवार एक विज्ञप्ती जारी गरी महासंघले लामो समयदेखि छातीमा संक्रमण भई पाटन अस्पतालमा उपचार गराई रहेका पत्रकार साहको उपचारमा सहयोग पुर्याउन ‘पत्रकार श्रीलाल साह बचाउ अभियन’ सुरु गरेको जनाएको छ ।

वातावरण र दिगो विकासमा लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार साहको आर्थिक अवस्था कमजोर र उनको निजी स्रोतबाट उपचार गराउन संभव नभएपछि महासंघले साह बचाउ अभियान सुरु गरेको महासंघले जनाएको छ । महासंघले पत्रकार साहको जीवन बचाउन सबै सदस्य तथा आम संचारकर्मीलाई एक सयका दरले सहयोग गर्न अपिल गरेको छ ।

यो अभियान सुरु गर्दै महासंघले साहलाई १५ हजार रकम सहयोग गरेको छ । यसैगरी महासंघका पदाधिकारी, सदस्य तथा सल्लाहकारबाट एक सयका दरले रकम संकलन गरिएको छ ।
महासंघले पत्रकार साहलाई सहयोग गर्न चाहनेले महासंघको नाममा रहेको पुतलीसडकस्थित कुमारी बैंक लिमिटेडको खाता नम्बर ०१०१५२४०४०४०१०१६ मा रकन गर्नसक्ने महासंघले जनाएको छ ।


  •  
  •  
  •