बीजेपीका सचिव र उनका भाइको अज्ञात समूहद्धारा गोली हानी हत्या

628
  •  
  •  
  •  

काठमाडौं,१६ कार्तिक (एजेन्सी) : भारतीय जनता पार्टी (बीजेपी) का सचिव अनिल परिहार र उनका भाइको बिहीबार साँझ अज्ञात समूहले गोली हानी हत्या गरेका छन्। जम्मु काश्मिर राज्यका सचिव र उनका भाइको गोली हान्ने अज्ञात समूहकाे प्रहरीले ब्यापक रुपमा खाजी गरिरहेकाे भारतीय संचारमाध्यमहरुले जनाएका छन्।

अनिल र उनका भाइमाथि जम्मु काश्मिरको किश्तवाडस्थित घरतर्फ जाँदै गर्दा गोली प्रहार भएको त्यहाँको प्रहरीले जनाएको छ ।

जम्मु काश्मिरका बीजेपीका महासचिव अशोक कौलले घटनाको पुष्टि गर्दै परिहार बीजेपीका एक होनाहार नेता भएको बताएका छन् ।

गोली कसले र किन हान्यो भन्ने खुलेको छैन । तर बिजेपीको जम्मु–काश्मिर अध्यक्ष रवीन्द्र रैनाले गोली हान्ने आतंककारी भएको दाबी गरेका छन् । भारतीय प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।


  •  
  •  
  •