लागुऔषध सेवन गरी होहल्ला गर्नेलार्इ प्रहरीले पक्राउ गरेपछि फेला पर्‍याे यस्ताे बस्तु

475
  •  
  •  
  •  

काठमाडाैं, १५ कात्तिक (अाेएनएस) : गुल्मीमा लागुऔषध सेवन गरी होहल्ला गर्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । सदरमुकाम तम्घासबाट प्रहरीले होहल्ला गरिरहेकाे अवस्थामा नै पक्राउ गरेको हाे ।

पक्राउ पर्नेमा सुनसरी रामधुनी नगरपालिका–८ का २६ वर्षीय विजय लिम्बू, गुल्मीको रेसुङ्गा नगरपालिका–२ का १९ वर्षीय नवीन विक, सोही ठाउँका १८ वर्षीय विवेक गुरुङ, मुसिकोट नगरपालिका–८ का १९ वर्षीय बिपीन ठकुरी र मुसिकोट नगरपालिका–३ का १८ वर्षीय विशाल रायमाझी रहेको प्रहरी उपरीक्षक(एसपी) दीपककुमार बस्नेतले बताए ।

उनीहरुको साथबाट ८० ग्राम हरियो गाँजा, चरेसजस्तो देखिने धुलो २० ग्राम, पाइलट चुरोट १० खिल्ली, चार थान ग्यास लाइटर र गाँजा सेवन गर्न प्रयोग गरिने चिलिम फिट गरिएको बोतल प्रहरीले बरामद गरिएको उनले जानकारी दिए ।


  •  
  •  
  •