कांग्रेस सांसद सिंह भने- ‘गोली हान्नेलाई पक्राउ नगरेसम्म शव उठाउँदैनौं’

590
  •  
  •  
  •  

काठमाडाैं, १३ कात्तिक (अाेएनएस) : नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सर्लाहीमा भएकाे घटनाका दाेषीलार्इ पक्राउ नगरेसम्म मृतकको शव नउठाउने बताएका छन् ।

‘सर्लाही रामनगर ४ को झडपमा संलग्नहरुलाई कारबाही नगरेसम्म मृतकको शव उठाउँदैनाैँ,’उनले भने ‘हिजो वडाध्यक्षलाई कुटिएको छ । आज उनकै घरमा आक्रमण गरेर गोली हानेर मान्छे मार्ने काम भएको छ ।’

सर्लाहीको रामनगर ४ मा नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा रामविलास महतोको मृत्यु भएको छ । उनी वडाध्यक्ष रामनरेश महतोका काका हुन् । रामनरेशलाई नेकपाका कार्यकर्ताले सोमबार कुटपिट गरेका थिए ।

मृतकलाई शहीद घोषणा गरेर पीडित परिवारलाई राहत दिनुपर्नेसमेत उनले बताएका छन् ।


  •  
  •  
  •