काठमाण्डौ–तराई फाष्ट ट्र्याकको काम तत्काल थाल्न निर्देशन

88
  •  
  •  
  •  

काठमाडौं, २६ असोज (ओएनएस) : व्यबस्थापिका संसदको विकास समितिले राजधानीलाई तराइैसंग जोडने काठमाण्डौ–तराइ फाष्ट ट्र्याकको काम अबिलम्ब सुरु गर्न निर्देशन दिएको छ । ट्र्याक खुलेको बर्षांै बिति सक्दापनि निर्माण कार्य सुरु नभएको भन्दै समितिले निर्माण कार्य सुरु गर्न सरोकारवाला निकायलाइ निर्देशन दिएको हो ।

संसद सचिवालय सिंहदरवारमा आज बसेको समिति बैठकले फाष्ट ट्र्याक र निजगढ विमानस्थल निर्माणको प्रगतिबारे भौतिक पूर्वाधार मन्त्री विमलेन्द्र निधि, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोखरेल लगायतसंग छफल गरेको हो । बैठकमा सभासद्हरुले बाह्य लगानी जुटन नसके आन्तरिक स्रोतको परिचालन गरेर भएपनि आयोजना निर्माण गर्नुपर्ने बताएका थिए ।

काठमाडौंलाई तराईसंग जोडने ७६ किलोमिटर लामो फाष्ट ट्र्याक निर्माणका लागि १ खर्ब रुपैया लाग्ने अनुमान गरिएको छ । सरकारले निर्माण, संचालन र हस्तान्त्ररण (बूट) मार्फत आयोजना निर्माणको काम निजि क्षेत्रलाइ दिने बताएपनि अन्तराष्ट्रिय लगानी कर्ताले लगानी नउठने भन्दै लगानी गर्न इच्छा नदेखाएपछि द्रुतमार्ग निर्माणको काम अघि बढ्न सकेको छैन् ।

बैठकमा भौतिक पूर्वाधार मन्त्री बिमलेन्द्र निधिले काठमाडांै तराइ फाष्ट ट्र्याक निर्माणलाइ सरकारले उच्च प्राथमिकतामा राखेको बताए । अर्थ मन्त्रालयका सहसचिव राजन खनालले फाष्ट ट्र्याक बन्ने अबस्थामा १५ अर्ब रुपैया इक्युटि राख्न सकिने बताए ।

फाष्ट ट्र्याक र निजगढ बिमानस्थल नेपालको विकासका लागि महत्वपूर्ण संरचना भएकोले समितिले चासो राखेको सभापति रवीन्द्र अधिकारीले जानकारी दिए । समितिले फाष्ट ट्र्याक निर्माणबारे यसअघि पनि सरोकारवालासंग छलफल गरेको थियो ।


  •  
  •  
  •