प्रधानमन्त्रीको ज्वरो नियन्त्रणमा, सास फेर्न सहज : चिकित्सक

457
  •  
  •  
  •  

काठमाडाैं, १२ कात्तिक (अाेएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । चिकित्सकहरु अनुसार छातीमा समस्या देखिएपछि सोमबार विहान त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा निकै सुधार भएको छ।

अहिले प्रधानमन्त्री ओलीको रगतमा चिनीको मात्रा नियन्त्रणमा छ भने सास फेर्न पनि सहज हुँदै गएको छ । तथापी, उनको छातीमा हल्का घ्यारघ्यार यथावत रहेको उनको स्वास्थ्य परीक्षणमा संलग्न एक चिकित्सकले जनाएका छन् ।

चिसो बढेसँगै छातीमा समस्या देखिएको र खोकीबाट कफ निस्कन नसकेका कारण श्वासप्रश्वासमा समस्या भएकाले प्रधानमन्त्री अाेलीलार्इ अस्पताल भर्ना गरिएको थियो । भर्नापछि अस्पतालले सोमबार विहान पहिलो रिर्पोट सार्वजनिक गर्दै उनको छातीमा संक्रमण हुनुका साथै शरीरमा चिनीको मात्रा असन्तुलित भएको बताएको थियो ।


  •  
  •  
  •