प्रेममा परेपछि हाँसी हाँसी गुमार्इन जापानकी राजकुमारीले शाही हैसियत, आज विवाह सम्पन्न

438
  •  
  •  
  •  

काठमाडौं,१२ कार्तिक (एजेन्सी) : प्रेममा जापानकी राजकुमारीले परेपछि हाँसी हाँसी शाही हैसियत गुमाएकी छन्। सोमबार जापानकी राजकुमारी आयाकोको एक पराम्परागत समारोह माझ लामाे समयकाे प्रेमले विवाहकाे रुप लिएकाे छ । आयाकोका बेहुला भने शाही परिवारका नहुँदा राजकुमारीकाे शाही हैसियत गुमेकाे हाे।

अन्तराष्ट्रिय समाचारहरुमा आयाको र उनका बेहुला केहई मोरियालाई टोकियो स्थित प्यागोडा मन्दिर संरचना मेजीमा भएको विवाहमा सुस्तरी हिँडिरहेको देखाइएको थियो । विवाहमा आयाकोको र बेहुलाका परिवारका निम्तालु र अन्य कयैन शुभेच्छुकहरुको उपस्थिति थियो ।

२८ वर्षे आयाको हालका सम्राट अकिहितोकी भतिजी हुन् र उनका ३२ वर्षे बेहुला मोरिया प्रमुख जहाजी कम्पनी निप्पोन युसेनमा कार्यरत छन् ।

उनले हेइनन् कालको जस्तो कपालका बनाएकी थिइन् जसमा चुल्ठोसहित उनको कपाल सर्लक्क पछाडि लगिएको थियो । साथमा उनले परम्परागत पहिरनमा रातो र हरियो रङका चित्रहरु राखिएका थिए ।

जापानको शाही प्रचलन अनुसार शाही परिवारभित्र विहे गर्ने महिलालाई मात्र शाही परिवारको सदस्य मानिन्छ । तर सर्वसाधरणसँग विवाह गर्ने शाही महिलाको भने शाही हैसियत खोसिन्छ ।
आयाको र मोरियाले यो वर्षको शुरुमा आफ्नो विवाहको योजना घोषणा गरेका थिए । उनीहरु दुईका आमा साथी भएकाले उनीहरुको भेट जुरेको थियो । उनीहरुको अनुसार पहिलो भेटमै उनीहरु एकअर्काप्रति आकर्षित भएका थिए ।

“हाम्रो उक्त भेट पहिलो भेटजस्तै लागेन ,”आफ्नो इन्गेजमेन्टको बेला आयाकोले रिपोर्टरहरुलाई बताएकी थिइन् ।

मोरियाले आफू राजकुमारीको विनयी स्वभावबाट आकषित भएको बताए ।

“मलाई त्यही बेला उनीसँग बाँकी जीवन विताउनेछु लाग्यो,” उनले भने ।


  •  
  •  
  •