लोकसेवा आयोगद्धारा नयाँ कार्यतालिका सार्वजनिक (कार्यतालिकासहित)

1172
  •  
  •  
  •  

काठमाडाैं, ११ कात्तिक (अाेएनएस) : लोकसेवा आयोगले वार्षिक कार्यातालिका परिवर्तन गरेको छ । आयोगले निजामती सेवाको विभिन्न पदमा रिक्त दरबन्दीमा पदपूर्तिका लागि विज्ञापन गर्ने वार्षिक कार्यातालिका परिवर्तन गर्दै नयाँ कार्यतालिका सार्वजनिक गरेकाे हाे। आयोगले शुक्रबार नयाँ कार्यतालिका सार्वजनिक गरेको हो ।

नयाँ कार्यतालिका अनुसार आयोगले सहसचिव, उपसचिव तथा एघारौँ र नवौँ तहमा पदपूर्तिको विज्ञापन मंसिर अन्तिम साताको बुधबार प्रकाशित गर्ने भएको हो ।

आयोगको नियमित कार्यातालिकाअनुसार हरेक वर्ष असोजको अन्तिम बुधबारबाट रिक्त रहेको दरबन्दीमा पदपूर्तिको विज्ञापन प्रकाशित गर्दै आएको थियो ।यो वर्ष भने दुई महिना ढिला गरी विज्ञापन गर्ने भएको हो । कर्मचारी समायोजन नहुँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त दरबन्दीको विवरण दिन सकेन ।

सरकारले रिक्त दरबन्दीको विवरणसहित आयोगसँग कर्मचारी माग गर्ने र आयोगले हरेक वर्ष खुल्ला विज्ञापनमार्फत कर्मचारी भर्ना गर्दै आएको थियो । तर, प्रदेश र स्थानीय तहको सेवा ऐन नबनी कर्मचारी समायोजन गर्न नसकिने, कर्मचारी समायोजन नभएसम्म कुन पदमा कति दरबन्दी रिक्त छ भन्ने यकिन नहुँदा लोकसेवा आयोगले विज्ञापन प्रकाशित गर्ने कार्यतालिका परिवर्तन भएको हो । आयोगले नेपाल सरकारको आग्रहअनुसार वार्षिक कार्यतालिका परिवर्तन गरेको जनाएको छ ।


  •  
  •  
  •