भारतीय परिचय पत्र देखाएर क्यासिनो पसेका नेपाली नागरिककाे मृत्यु

588
  •  
  •  
  •  

काठमाडौं, ९ कार्तिक (ओएनएस) : भारतीय परिचय पत्र देखाएर क्यासिनो पसेका एक नेपाली नागरिककाे जुवा खेलिरहेकाे अवस्थामा मृत्यु भएकाे छ। काठमाडौंको दरबारमार्गस्थित याक एण्ड यति होटलमा रहेको रोयल क्यासिनोमा जुवा खेलिरहेका सिरहाको लहान स्थायी घर भएका बुद्धिलाल शाहकाे मा मृत्यु भएकाे हाे।

क्यासिनोमा जुवा खेल्दा खेलिरहेका बेला बेहोस भएकाे केही समय पश्चात उनको मृत्यु भएको बताइएको छ । तत्काल प्रहरी र क्यासिनोका कर्मचारीले उनलाई उपचारका लागि काठमाडौं मोडेल अस्पताल पुर्‍याए लगत्तै शाहको मृत्यु भएको भएको प्रहरीले जनाएको छ ।

उनी क्यासिनो छिर्दा भारतीय नागरिक हरिशंकर पालको नाममा रहेको परिचय पत्र देखाएको महानगरिय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता हुवेन्द्र बोगटीले जानकारी दिएका छन् । उनका अनुसार शाहको मृत्यु शंकास्पद भएकोले प्रहरी टाेलीले शुक्ष्म तारिकाले अनुसन्धान गरिरहेकाे छ।

थप अनुसन्धानकाे क्रममा क्यासिनोका कर्मचारीसँग साेधपुछ भइरहेकाे महानगरिय प्रहरी परिसर काठमाडाैँका प्रवक्ता बोगटीले बताए।


  •  
  •  
  •