बलिउड अभिनेत्री करिश्मा कपुरले विवाहपछिकाे खाेलिन् यस्ताे राज

137
  •  
  •  
  •  

काठमाडौं,६ कार्तिक (ओएनएस) : बलिउडका थुप्रै चर्चित अभिनेत्री घरेलु हिंसाका शिकार भएका छन्। श्रीमान्, प्रेमीबाट उनीहरू प्रताडित भएका छन्। केहीले घरेलु हिंसाविरुद्ध प्रहरीमा उजुरी दर्ता गरे भने कोही सम्बन्ध विच्छेद गरेर श्रीमानसँग छुट्टिए। यसैक्रममा बलिउड अभिनेत्री करिश्मा कपुरपनि सम्बन्ध विच्छेद गरेर बसेकी छन्। बलिउड उद्योगमा लामो समयदेखि सक्रिय छ, कपुर खानदान। यसै खानदानकी छोरी अभिनेत्री करिश्मा कपुरले घरेलु हिंसाले प्रताडित भएपछि प्रताडित सम्बन्ध विच्छेद गरेकी थिइन्।

उनले व्यवसायी सञ्जय कपुरसँग बिहे गरेकी थिइन्। उनी सञ्जयकी दोस्री श्रीमती थिइन्। सन् २००३ मा लगनगाँठो कसेका उनीहरूको वैवाहिक जीवन सन् २०१६ मा टुंगिएको थियो। बिहेपछि सञ्जयले कुटपिट गर्ने गरेको करिश्माले भारतीय मिडियालाई अन्तर्वार्ता दिँदा बताएकी थिइन्।

‘उनले मसँग अभद्र व्यवहार गर्थे,’ उनले भनेकी थिइन्, ‘पिट्थे, झुटो बोल्थे, बच्चाहरूको बेवास्ता गर्थे।’ आफूसँग बिहे गरिसकेपछि पनि सञ्जय पहिलो श्रीमतीसँग लिभ–इन–रिलेसनसिपमा रहेको करिश्माले बताएकी थिइन्। ‘म घरमा हुँदाहुँदै उनी पहिलो श्रीमतीसँग बस्थे,’ करिश्माले भनेकी थिइन्, ‘यसै कारण हामीबीच लडाइँ हुन्थ्यो। मैले बोल्दा उनी मलाई पिट्थे।’

सञ्जयका साथीले उनकै सामु आफूमाथि कुदृष्टि राख्दासमेत उनी केही नबोलेको करिश्माले अन्तर्वार्तामा सुनाएकी थिइन्। ‘सञ्जय र म हनिमुनमा गएका बेला उनकैअगाडि उनका एक साथीले मसँग एक रात बिताउन २० करोड भारु दिने कुरा गरेका थिए,’ करिश्माले भनेकी थिइन्, ‘यस्ता कुरा सुन्दा सञ्जयलाई केही फरक परेन। उनी एक शब्द बोलेनन्।’


  •  
  •  
  •