कपिलवस्तुमा प्रहरीद्धारा ९ राउण्ड फायर, अनिश्चितकालीन कर्फ्यु जारी

892
  •  
  •  
  •  

काठमाडौं, ४ कार्तिक (ओएनएस) :  कपिलवस्तुमा दुर्इ समुहबीच विवाद हुँदा स्थिती तनावग्रस्त बनेको छ । सीमा बजार कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा विवाद हुँदा तनावग्रस्त स्थितीलार्इ नियन्त्रणमा लिन प्रहरीले ९ राउण्ड फायर खाेलेकाे छ।

शान्ति सुरक्षा कायम गर्न आइतबार साँझ ५ बजेबाट कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यु समेत लगाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएकाे छ ।

आइतबार दिउँसो १२ बजेतिर मूर्ति विसर्जन गर्न लैजानेरनलैजाने पक्षबीच विवाद भएको थियो। विवादले उग्ररुप लिएपछि आइतबार प्रहरीले ६ राउण्ड हवाई फायर गरेको थियो भने ३ राउण्ड गरेको थियो। प्रहरीले सम्झाईबुझाई गर्दा नमानेपछि लाठी चार्ज गरेको थियो। लाठी चार्जबाट स्थिति नियन्त्रणमा लिन नसकेपछि फायर खोल्नु परेको जिल्ला प्रहरीका डिएसपी रवि रावलले बताए।

स्थिति सहज भएपछि मात्र कर्फ्यु हटाइने प्रजिअ अर्जुन पोखरेलले बताए । सुरक्षा सर्तकता कडा पारिएको छ। चन्द्रौटा, तौलिहवा, दाङ र बुटवलबाट नेपाल प्रहरी र सशस्त्रका थप बल पुगेको छ।


  •  
  •  
  •