संयन्त्र गठन गर्ने सहमतिसँगै अबरुद्ध संसद सुचारु हुने

70
  •  
  •  
  •  

काठमाडौं, ९ असोज (ओएनएस) : लामो समयदेखि विवादास्पद बनेको उच्चस्तरीय राजनीतिक समिति गठन गर्ने र त्यसको संयोजक एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई दिन दलहरुबीच सहमति भएपछि व्यवस्थापिका संसदको गतिरोध अन्त्य हुने भएको छ । प्रमुख प्रतिपक्षी दल एमाओवादीलगायत अन्य विपक्षीदलरुले विगतमा भएको सहमति कार्यान्वयनको माग गर्दै करिब एक महिनादेखि व्यवस्थापिका संसदको बैठक अबरुद्ध गर्दै आएका थिए ।

प्रमुख दलहरुबीच बुधवार राती उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने र त्यसको संयोजक एमाओवादी अध्यक्षलाई बनाउन सहमति भएको थियो ।
दलहरुबीच संयन्त्र गठन गर्ने सहमति भएपछि अबरुद्ध संसद सुचारु हुने भउको छ । बुधवार बसेको व्यवस्थापिका संसद अन्र्तगतको अर्थ समितिले अबरुद्ध संसद खुलाउन सरकार र दलहरुको ध्यानाकषर्ण गराएको थियो । संसद अबरुद्ध हुँदा आर्थिक वर्षको बजेटसँग सम्बन्धित विनियोजन विधेयकलगायतका विधेयक पारित हुनबाट रोकिएका छन् ।


  •  
  •  
  •