सुनसान बन्दै काठमाडौं, दशैं मनाउँन कतिले छाडे उपत्यका ?

701
  •  
  •  
  •  

काठमाडौं, ३१ असोज (ओएनएस) : नेपाली चाँड दशैं मनाउन २२ लाख बढी यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा सो सङ्ख्यामा यात्रु बाहिरिएका हुन् ।

टाढाटाढाका यात्रु बाहिरिए पनि काठमाडौँ आसपासका सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङलगायत जिल्लाका सर्वसाधारण बुधबार पनि काठमाडौंबाट बाहिरिँदै गरेको महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले जानकारी दिए । स्थलमार्गबाट मात्रै २२ लाख यात्रु बाहिरिएको महाशाखाको भनाइ छ । दसैंभर काठमाडौँबाट करीब २४ लाख मानिस बाहिरिने महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक पन्तले बताए।

काठमाडौँबाट मानिस बाहिरिएसँगै विगत दुई दिनदेखि काठमाडौँको चहलपहल घटेको छ भने सार्वजनिक यातायातका साधनसमेत कम चल्न थालेका छन् । अहिले काठमाडौंका प्रायः सडक र पसल सुनसान देखिएका छन् ।


  •  
  •  
  •