विना तलब काम गर्छु भन्दा मन्त्री हाँसेपछि….

108
  •  
  •  
  •  

काठमाडौं, ८ असोज :  बेलायत तथा पोल्याण्डका विश्वविद्यालयमा अध्यापन गरिरहेका प्रा. बिजन पन्त अहिले प्रधानमन्त्री शुसिल कोइरालाका विकास तथा सामाजिक क्षेत्र सल्लाहकारका रुपमा कार्यरत छन् ।

गोरखामा जन्मेर विदेशमा पिएचडीसम्मको उच्च शिक्षा हाँसिल गरेका पन्तले सित्तमा काम गर्छु भन्दा नेपालका मन्त्री हाँसेको कुरा आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।
विभिन्न देशमा बसेर काम गरेका पन्तलाई सुशील कोइरालाको नतृत्वमा सरकार बनेपछि एक-दुइ ठाँउवाट कुरा आएको रहेछ । उनलाई पनि नेपालमै बसेर केही गरौं भन्ने लागेको रहेछ । उनि भन्छन ‘नेपालमै काम गर्ने यो राम्रो अवसर हो जस्तो लाग्यो मलाइ ।’
प्रधानमन्त्री कोइरालावाट पनि यतै बसेर काम गर्नुपर्छ भन्ने सन्देश आएको रहेछ । मन्त्रिपरिषदका एकजना प्रभावशाली मन्त्रीले प्रस्ताब गरेछन् ‘पन्त जी अब यतै बसेर काम गर्नुपर्‍यो ।’ प्रस्ताब सुनेर पन्तले भनेछन् । ‘म कुनै तलब नलिई स्वयंसेबी भएर काम गर्छु ।’ उनको कुरा सुनेपछि मन्त्रीजी हाँसेछन् मज्जाले ।

अन्य कतिपय मुलुकले विदेशमा बसेर पढेकालाई फर्काउने योजना बनाएको बतउदै पन्तले नेपालले पनि त्यो शैलिलाई अपनाउनुपर्ने बताए ।

नयाँ पत्रिकाबाट


  •  
  •  
  •