वैद्यखानाकै औषधिमा ब्याक्टेरिया !

117
  •  
  •  
  •  

काठमाडौं ८ असोज । सरकारी स्वामित्वको सिंहदरबार वैद्यखानाद्वारा उत्पादित आयुर्वेदिक औषधिमा मानव शरीरलाई हानी पुर्याउने व्याक्टेरिया भेटिएको छ । औषधि व्यवस्था विभागले गत आर्थिक वर्ष गरेको परीक्षणमा पाँचवटा औषधिमा ‘इकोलाई,साल्मोनेला’ जस्ता ब्याक्टेरिया भेटिएको हो । बैद्यखानाले उत्पादन गरेका पुस्यानुग चुर्ण(इसपीवाई०३),चनानदी चुर्ण(एससीसी१३),स्रिङयादी चुर्ण(एसएसआर१२,यास्थिमान्ढु चुर्ण (एसवाइसी १५) र हिङ भाष्टक चुर्ण (एसएचसी ४२) मा इकोलाई तथा साल्मोनेला ब्याक्टेरिया भेटिएका हुन् ।

आर्थिक वर्ष २०७०–०७१ मा नमुना परीक्षण गर्दा ती औषधिमा झाडापखाला तथा टाइफाइड गराउने व्याक्टेरिया भेटिएको विभागका महानिर्देशक गजेन्द्र भुजूले जानकारी दिए आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।


  •  
  •  
  •