न्युजिल्याण्डको मस्जिद आक्रमणमा ४० को मृत्यु भएको पुष्टि

24
  •  
  •  
  •  

एजेन्सी : न्यूजिल्याण्डको क्राइस्ट चर्च शहरका दुई मस्जिदमा बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गर्दा मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

यस्तै २० जना घाइते भएका छन् । क्राइस्टचर्च र अर्को एक मस्जिदमा आक्रमण भएको हो । प्रधानमनन्त्री जेसिन्डा आर्डनले आक्रमणमा ४० जना मारिएको पुष्टि गरेकी छन् ।

आक्रमणपछि सबै मस्जिद बन्द गर्न अधिकारीहरुले निर्देशन दिएका छन् । क्राइस्टचर्चका विद्यालयसमेत बन्द गरिएको छ । आक्रमणमा संलग्न रहेको आशंकामा ४ जनालाई पक्राउ गरिएको छ ।

नमाज पढेपछि आक्रमण भएको बताइएको छ । अल नूर मस्जिदमा क्राइस्टचर्चमा भोलिदेखि न्युजिल्याण्डसँग सुरु हुने तेस्रो टेस्ट क्रिकेट खेल्न पुगेको बंगलादेशी टोली पनि रहेको बताइएको छ । तर खेलाडी भने सुरक्षित रहेको उल्लेख छ ।

बंगलादेशका क्रिकेटर तमीम इकबालले ट्वीट गर्दै आफूहरु सुरक्षित रहेको बताएका छन् । तर घटनालाई भयाबहको रुपमा उनले उल्लेख गरे ।

यस्तै टिमका प्रवक्ताले सबै खेलाडी सुरक्षित रहे पनि मानसिक रुपमा तनबमा रहेको उल्लेख गरेका छन् । तेस्रो टेस्ट रद्द गरिएको छ ।

प्रत्यक्षदर्शीहरुले बन्दुकधारीले मानिसरुलाई सिँधै छातिमा गोली हानेर हत्या गरेको बताएका छन् । आक्रमण करिब २० मिनेटसम्म भएको थियो । घटनामा कम्तीमा ६० जना घाइते भएको हुन सक्ने ती प्रत्यक्षदर्शीले बताए ।

आक्रमणकारीले सुरुमा पुरुषहरु रहेको प्रार्थना कक्षमा गोली हानेको थियो भने त्यसपछि महिला कक्षमा गएको थियो ।

न्यूजिल्याण्डका प्रधानमनन्त्री जेसिन्डा आर्डनले आजको दिन सबैभन्दा ‘कालो दिन’ भनेकी छन् ।

घटनापछि न्यूजिल्याण्डका सबै विद्यालय बन्द गरिएको छ । प्रहरी प्रमुख माइक बुशले विद्यालयसहित कार्यालय, पुस्तकालय बन्द गर्न निर्देशन दिएका छन् ।

आक्रमणमा को संलग्न छ भन्ने खुलेको छैन । प्रहरीले सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन अपील गरेको छ ।


  •  
  •  
  •