आजदेखि नेपाल सम्वतको नयाँ बर्ष सुरु

116
  •  
  •  
  •  

काठमाडौं ७ कात्तिक (ओएनएस) : आजदेखि नेपालको मौलिक सम्वत, नेपाल सम्वतको नयाा बर्ष सुरु भएको छ । नेपाल सम्बत ११३४ सम्पन्न भइ आजदेखि ११३५ सुरु भएको हो । हरेक बर्ष कात्तिक शुल्क परेवाका दिन यो संवत् फेरिन्छ ।

नेपाल सम्बतको नयाा बर्षका अवसरमा आज राजधानी लगायत देशका बिभिन्न ठाउमा कार्यक्रम गरिदैछ । लिच्छवी राजा राघवदेवको पालामा शङखधर साख्वास्ले नेपालीहरुको ऋणमोचन गरी देशको नामबाट नेपाल संवत सुरु गरेको र सोही दिनदेखि नेपाल संवत् मनाउने गरिएको हो ।

नेपाल संवतका प्रवर्तक शङखधर साख्वास्को देश र जनताप्रतिको योगदानको कदर गर्दै कृष्णप्रसाद भट्टराईको नेतृत्वको सरकारले वि।सं। २०५६ मङसिर २ मा साख्वास्लाई राष्ट्रिय विभूति घोषणा गरेको थियो भने बि सं २०६५ कात्तिक ७ मा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदले यो संवत्लाई राष्ट्रिय मान्यता प्रदान गरेको थियो ।

यसैबिच राष्ट्रिय विभूति शङखधर साख्वास् प्रतिष्ठानले राष्ट्रिय संवतको मान्यता प्राप्त नेपाल संवतलाई सरकारी कामकाजमा चलाउन माग गरेको छ । प्रतिष्ठानले एक विज्ञप्ति प्रकाशित गरी नयाा बन्ने संविधानमा संवत् नीतिको स्पष्ट उल्लेख हुनुपर्ने माग गरेको हो ।

नेपाल संवत्लाई सरकारी प्रचलनमा ल्याउन उच्च स्तरीय समिति गठन गर्नुपर्ने, अध्ययन अनुसन्धानबाट उपलब्ध हुन आएका सामग्रीहरु सङकलन गरी संग्राहलय स्थापना गर्नुपर्ने, शङखधरको नाममा राजमार्ग नामकरण गर्नुपर्ने र प्रतिष्ठानलाई राष्ट्रिय मान्यता प्रदान गरी नियमित अनुदानको व्यवस्था गर्नुपर्ने माग विज्ञप्तीामा गरिएको छ ।


  •  
  •  
  •