नयाँ संविधानसँगै नयाँ युग प्रारम्भ होस् : राष्ट्रपति

184
  •  
  •  
  •  

काठमाडौं १ वैशाख (ओएनएस) : राष्ट्रपति डा रामवरण यादवले नेपालीको चाहनाबमोजिम संविधानसभाबाट संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण भई देशमा शान्ति, स्थिरता र समृद्धिको नयाँ युग प्रारम्भ हुन सकोस् भन्ने हामी सबैको आकाक्षा रहिआएको बताएका छन् ।

नयाँ वर्ष २०७२ सालका उपलक्ष्यमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि हादिर्द शुभकामना व्यक्त गर्दै उनले तात्कालीक लाभहानिभन्दा माथि उठेर राष्ट्र र जनताको दीर्घकालीन हितलाई सर्वोपरि राखी देशका सबै वर्ग र क्षेत्रले अपनत्व महसुस गर्ने संविधान दिन सक्नुपर्ने बताएका छन् । उनले सन्देशमा मुलुकमा लोकतान्त्रिक संस्कार र पद्धतिको संस्थागत जग बसाउनका निम्ति पनि संविधानसभाबाट अविलम्ब संविधान जारी हुनु अपरिहार्य भएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री सुशील कोइरालले पनि प्रधानमन्त्री सुशील कोइरालाले लोकतन्त्रलाई संविधानसभाबाट बन्ने संविधानमा लिपिबद्ध गरी संस्थागत गर्न सबै राजनीतिक दल जिम्मेवार हुनुपर्नेमा बताएका छन् ।  नेपाली जनताले साढे सात दशकभन्दा अगाडिदेखि गर्दै आएको संघर्षको परिणामस्वरुप प्राप्त संघियता, गणतन्त्र र समावेशितासहितको संविधान बनाउनुपर्ने बताए । नव वर्ष २०७२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले राजनीतिक दलबीचको निरन्तर संवाद, सहकार्य, एकता र मेलमिलापबाटै राजनीतिक सहमति कायम हुनेमा आफू विश्वस्त रहेको बताए ।  शुभकामनामा प्रधानमन्त्रीले लोकतन्त्रको मूल्य, मान्यता, सिद्धान्तमा आधारित राजनीतिक पद्धतिका माध्यमबाट जनताको जीवनस्तरमा सुधार ल्याउन सकिने सकारात्मक सोचले हामीलाई उज्यालो भविष्यतर्फ डोर्याउनुपर्ने उल्लेख गरे ।


  •  
  •  
  •