नयाँ बर्षसँगै काठमाडौं प्लाष्टिक मुक्त

596
  •  
  •  
  •  

काठमाडौं १ वैशाख (ओएनएस) :  तपाई बजारमा किनेमेल गरेपछि सामान, तरकारी के मा ल्याउनुहुन्छ ? प्लाष्टिकको झोलामा ? अब तपाईले प्लाष्टिकको झोला बोके कारवाही भागिदार हुनपर्ने छ ।

तपाईँले बोक्ने प्लाष्टिकको झोलाको मूल्य एक वा दुई रुपैयाँँ मात्र हुन सक्छ तर तपाई त्यही प्लाष्टिकको झोला बोकेकै कारण ५० हजारसम्म जरिवानाको भागिदार बन्नुपर्नेछ । सरकारले काठमाडौं उपत्यकालाई अगामी वर्ष २०७२ सालको पहिलो दिन आजबाट प्लाष्टिक झोला मुक्त क्षेत्र घोषणा गरिएको छ । अब प्लाष्टिकको झोलामा सामान बेचे वा किने कारवाहीको भागिदार हुनुपर्नेछ । सरकारले २०७२ को आरम्भसँग नै काठमाडौं उपत्यकालाई प्लाष्टिक झोलामुक्त घोषना गर्ने नीतिगत निर्णय गरिसकेकाले १ गतेबाट कार्यान्वयनमा आउनेछ ।

प्लाष्टिक झोलालाई नियन्त्रण तथा नियमन गर्ने निर्देशिका २०६८ अनुसार प्लाष्टिकको झोलाको विक्री वितरण गरे ५० हजारसम्म नरिवाना हुनेछ । सामान बोक्नेलाई ‘मापसे शैली’मा बाटामै कारवाही गर्ने पनि तयारी छ । प्लाष्टिक मुक्त काठमाडौं र कारवाही प्रक्रियाका विषयमा बुधवार बिहानमात्रै सचिवहरुको बैठक बसेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा ४० सचिवको सहभागिता थियो ।

प्लाष्टिकको झोलाको मापदण्डचाहिँ कालो झोलाको मोटाई ४० माइक्रोन र अन्य रङको मोटाई ३० माइक्रोन तोकेको छ । अब कालो प्लाष्टिकको झोलाका लागि न्यूनतम ३० माइक्रोन र अन्य रङको झोलाका लागि २० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन गर्न, आयात गर्न, निर्यात गर्न, विक्री वितरण गर्न र प्रयोग गर्न रोक पाइने छैन । काठमाडौं वाताबरणका हिसावले जोखिममा रहेकाले सरकारले कडाईका साथ निर्णय कार्यान्वयन गर्ने वाताबरण विमागका महानिर्देशक डा सुरज पोखरेलले जानकारी दिए ।

‘प्लाष्टिक झोलाको प्रयोगले एलर्जी, टाउको दुख्ने, पेटको रोग, दम, क्यान्सरजस्ता डरलाग्दा रोग निम्त्याउने देखियो’ उनले भने, ‘संसारका अरु ठाउँमा पनि प्लाष्टिक प्रतिवन्ध लागिसकेको छ अब नेपालमा पनि प्रतिवन्ध हुन्छ पहिलो अभियान काठमाडौंबाट सुरु हुँदैछ ।’ झोला बोकेर बाटोमा हिड्नेहरुलाई समेत कारवाही गर्नेगरि सरकारले नीति ल्याउन लागेको उनले बताए ।

नेपालका धैरे नगरपालिकामा प्लाष्टिक झोलाको प्रयोगमा प्रतिबन्ध लगाइ सकिएको छ । पलाष्टिक झोला मुक्त राख्ने अभियानमा सामाजिक उद्यम दिदी बहिनी सक्रिम बनेको छ । दिदीबहिनीका नेतृत्वककर्ता सिलसिला आचार्यले २०७२ सालभरमा नेपाललाई प्लाष्टिक झोला मुक्त बनाउन ६ चरणको योजना बनाइएको बताइन ।

जनतालाई प्लाष्टिकको झोलाको विकल्प दिने, प्लाष्टिकको झोला प्रयोग नगर्दाको फाइदाबारे जनचेतना दिने, प्लाष्टिक झोला प्रयोगको विरुद्ध देशभरबाट १० लाख हस्ताक्षर संकलन गरेर प्रधानमन्त्रीलाई बुझाउन लागेको उनले बताइन । काठमाडौंमा मात्रै दैनिक ४७ लाख प्लाष्टिक झोला प्रयोग हुने गरेको तथ्याङकले देखाएको छ । बुधवारको बैठकमा केही सचिवहरुले भने प्लाष्टिक मुक्त अभियान सम्भवन नहुने टिप्पणी गरेका थिए ।

प्लाष्टिक मुक्त अभियानमा बाताबरण मन्त्रालयले अगुवाई गरेर गृह, अर्थ र स्थानिय विकास मन्त्रालयले समुन्वय गर्ने सहमति बनेको छ । प्लाष्टिक मुक्त घोषणालाई मन्त्रिपरिषदबाट पारित गराउने तयारी भइरहेको स्रोतले बताएको छ ।
प्लाष्टिक मुक्त अभियान प्लाष्टिक उद्योगहरुले भने झोला प्रतिवन्ध लगाउन नहुने भन्दै विरोध गरिरहेका छन् ।


  •  
  •  
  •