आजदेखि विक्रम संवत् २०७६ साल प्रारम्भ

363
  •  
  •  
  •  

काठमाडौं, १ वैशाख(ओएनएस) : नेपाली पात्रोअनुसार, आजदेखि विक्रम संवत् २०७६ साल प्रारम्भ भ्रएको छ ।

नयाँ वर्षका अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीबीच एकापसमा शुभकामना आदानप्रदान गरी आज नयाँ वर्ष (वैशाख १ गते) उत्साह र उमंगका साथ मनाइँदैछ ।

नयाँ वर्ष २०७६ का अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न पार्टीका नेताहरुले स्वदेश तथा विदेशमा रहहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, प्रगति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।
सरकारले नयाँ वर्षको उपलक्ष्यमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थालगायत सबै क्षेत्रमा सार्वजनिक बिदा दिएको छ । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन आज वैशाख संक्रान्तिलाई वर्षको पहिलो दिनका रुपमा लिने गरिन्छ ।

नयाँ वर्षको पहिलो दिन बिहानै स्नान गर्ने, घरआँगन सफा गर्ने, देवीदेवताको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना साटासाट गर्ने प्रचलन रहिआएको छ । आजको दिन स्नान र दान गरेमा पुण्य कमाइने धार्मिक विश्वास रहेको छ ।

नयाँ वर्षका अवसरमा काठमाडौंको उत्तरी भेगस्थित बूढानीलकण्ठ र गोकर्णेश्वर नगरपालिकाको सीमामा रहेको वाग्द्वार (वागमती नदीको उद्गमस्थल)लगायतका स्थानमा आज विशेष मेला लाग्छ । काठमाडौँको उत्तर पश्चिमी भेगस्थित टोखाको खहरे अर्थात् सपन तीर्थमा आजका दिन स्नान गरेमा शारीरिक तन्दुरुस्तता प्राप्त हुने जनविश्वास छ ।


  •  
  •  
  •