नयाँ वर्षमा अमेरिकाको शुभकामना

146
  •  
  •  
  •  

काठमाडौं, १ वैशाख(ओएनएस) : नेपालीहरुको नयाँ वर्ष विक्रम सम्वत् २०७६ अवसरमा अमेरिकाले शुभकामना दिएको छ ।

प्रवक्ता मोगार्न ओर्टागुस

अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता मोगार्न ओर्टागुसले एक सन्देश जारी गर्दै विश्वभर रहेका नेपालीलाई नयाँ वर्षको उल्लासपूर्ण शुभकामना व्यक्त गरेकी हुन् ।

उनले भनेकी छन्, ‘हामी दुई देशहरुको मित्रता इतिहास लामो छ। भविष्यका खातिर स्वतन्त्र र खुला व्यवस्था साझा स्वार्थको रुपमा रहँदै आएको छ ।’

अमेरिकास्थित जोशिलो नेपाली डायस्पोरा दुई देशबीचको त्यो सम्बन्धको एउटा प्रमाण रहेको ओर्टागुसले उल्लेख गरेकी छिन्।

‘यो नयाँ वर्षमा नेपालसँग क्षेत्रीय र ग्लोबल मुद्दाहरुमा अझ गहिरो सहकार्य हुने अपेक्षा गर्दछौं’, उनले भनेकी छिन्।
यसैगरी अमेरिकी राजदूर्त याण्डी डब्लु बेरीले ट्विट गर्दै नयाँ वर्ष २०७६ को शुभकामना दिएका छन् ।

उनले यो नयाँ वर्षमा ७३ वर्षदेखिको नेपाल–अमेरिका सम्बन्धलाई अझ मजबुत बनाउने आफ्नो प्रतिबद्धता रहेको बताएका छनर ।


  •  
  •  
  •