आजदेखि सन् २०१६ शुरु, नयाँ वर्षको रुपमा मनाईंदै

121
  •  
  •  
  •  

काठमाडौं १७ पुस (ओएनएस) :
आजदेखि सन् २०१६ शुरु भएको छ । अंगे्रजी पात्रो अनुसार नयाँ वर्ष । इस्वी सम्वत्अनुसार आज नयाँ वर्षको रुपमा स्वागत गर्दै विश्वभरी विभिन्न् कार्यक्रम गरिएका छन् । नेपालमा पनि नयाँ बर्ष मनाउने क्रम बढ्दै गएको छ । विभिन्न कार्यक्रमसहित विशेष गरी पश्चिमा मुलुकहरुले आज खुशीयालीसहित नयाँ वर्ष मनाउने गर्छन् ।

नेपालमा पनि विभिन्न ठाउँहरुमा नयाँ वर्ष मनाउने गरिएको छ । गएराती, राजधानीका विभिन्न ठाउँ तथा धुलिखेल, पोखरा, नेपालगंज विराटनगरलगायत मुख्य शहरहरुमा पनि नयाँ वर्षको स्वागत गर्दै विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइएको छ । पोखरा र चितवनको सौराहातमा महोत्सन नै गरिएको छ ।

अघिल्लो वर्ष अर्थात सन् २०१५ मा भए÷गरेका कामको समीक्षा गर्दै नयाँ योजना पनि आज बनाउने गरिन्छ । विशेष गरी इसाई धर्मावलम्बीहरुले आजको दिनलाई महत्वका साथ लिने गर्दछन् । सामाजिक सन्जाल, मोबाइलबाट एसएमएस गरि शुभकामना आदान प्रदान गर्ने काम भइरहेको छ ।


  •  
  •  
  •