सुजुकीको नयाँ शोरुम

66
  •  
  •  
  •  

काठमाडौं २९ साउन(ओएनएस) : सुजुकीले काठमाडौको नयाँ बजारमा शोरुम स्थापना गरेको छ । शेरमान अटो लिंकको नयाँ शोरुम खुलेको हो ।
यो सँगै सुजुकीको नेपालभर १८ सहरमा २४ ओटा विक्री केन्द्र पुगेका छन् ।

नयाँ डिलरको सिजी मोटोकर्पका प्रवन्ध निर्देशक अरुणकुमार चौधरीले उद्घाटन गरे । सिजी मोटोकर्प सुजुकीको नेपालका लागि आधिकारीक विक्रेता हो । सुजुकीले नेपालमा अल्टो आठ सयदेखि एसयुभी अर्टिगा विक्री गर्दै आएको छ । शोरुम उद्घाटनको अवसरमा डिलरले सुजुकी गाडीको खरिदमा नगद छुट प्रदान गर्ने बताएको छ ।


  •  
  •  
  •